Logo

आगामी कार्ययोजना तयार गर्न एमाले स्थायी कमिटी बैठक बस्दै



काठमाडौं, वैशाख २९ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक बस्ने भएको छ। बैठक अपराह्न ३ बजे केन्द्रीय पार्टी कार्यालयमा बस्न लागेको हो ।

केन्द्रीय कमिटीको बैठकमा प्रदेश अध्यक्षहरूबाट प्राप्त सुझावका आधारमा स्थायी कमिटी बैठकले आगामी कार्ययोजनाको प्रस्ताव तयार गर्ने तयारी अनुसार बैठक बस्न लागेको हो ।

उक्त कार्ययोजनालाई एकीकृत रूप दिएर वार्षिक कार्ययोजना बनाउने एमालेको तयारी छ । एमालेको केन्द्रीय कमिटी बैठक हिजोदेखि जारी छ । केन्द्रीय कमिटीको बैठकमा ५ प्रदेशका बाँकी रिपोर्ट प्रस्तुतिपछि ८ समूहमा छलफल हुने र त्यसपछि प्रदेशका तर्फबाट कार्ययोजना पेस हुनेछ ।



प्रतिक्रिया दिनुहोस्