काठमाडौं, वैशाख ३० । नेपाल प्रहरीका २२ नायब उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा सिफारिस भएका छन् ।
गृह मन्त्रालय बढुवा समितिको शुक्रबार बसेको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको २२ डिएसपीलाई एसपी पदमा बढुवाका लागि सिफारिस गरेको हो ।