काठमाण्डौ, वैशाख ३० । देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली भएको छ । कोशी, वाग्मती, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहेको र अरु ठाउँको मौसम सामान्यतया सफा नै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम आंशिक बदली भएका क्षेत्रको पहाडी एकरदुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । आज काठमाण्डौ उपत्यकामा पनि मौसम बदली भएको छ । तर पानी पर्ने सम्भावना नरहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो ।
अहिले स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हिजोदेखि बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ चक्रवात शक्तिशाली चक्रवातका रुपमा परिणत भएको छ । तर यो चक्रवात उत्तर, उत्तर पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रतर्फ बढिरहेकाले यसको नेपालमा उल्लेखनीय प्रभाव नरहने महाशाखाले जनाएको छ ।