काठमडौं, जेठ २ । नेपाली बजरमा आज पनि सुनको मूल्य १ सय रुपैयाँले बढेको छ । सोमबार तोलाको १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि प्रतितोला १ सय रुपैयाँले नै बढेर तोलाको १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा स्थिर छ ।
आज प्रति १० ग्राम छापावाल सुनको मूल्य ९५ हजार २ सय ५० रुपैयाँ, दश ग्राम तेजावी सुनको मूल्य ९४ हजार ७ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ७९ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।