Logo

आजै सत्तारूढ १० दलको बैठक बस्दै



काठमाडौं, जेठ २ । आर्थिक वर्ष ०८०/०८१ सालको नीति तथा कार्यक्रमबारे सुझाव लिन सत्तारूढ १० दलको बैठक आह्वान गरिएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज दिउँसो २ बजे बस्नेगरी बैठक आह्वान गरिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आह्वान गरेको बैठकमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई सहभागीताका जनाउँदैछन् ।



प्रतिक्रिया दिनुहोस्