Logo

 मदन–आश्रित स्मृति फुटबल बुधबारदेखि



 काठमाडौँ, २ जेठ । बुधबारदेखि मदन–आश्रित स्मृति ‘नकआउट सेभेन ए साइड’ खुला फुटबल प्रतियोगिता हुने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको ‘पिपुल्स भोलेन्टियर्स’को आयोजना तथा युवा सङ्घ नेपालको समन्वयमा हुन लागेको उक्त प्रतियोगितामा ६० टोलीको सहभागिता रहने छ । प्रतियोगिता यही जेठ ८ गतेसम्म चल्ने छ । प्रतियोगिताका सबै खेल लैनचौरस्थित खेल मैदानमा खेलाइने युवा सङ्घका स्थायी कमिटी सदस्य समीप त्रिपाठीले जानकारी दिए ।
प्रतियोगिताको उपाधि विजेता टोलीलाई रु तीन लाख, उपविजेतालाई रु दुई लाख र तेस्रो हुने टोलीलाई रु एक लाख पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । नेकपा (एमाले) का तत्कालिन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गरिएको हो । उनीहरुको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जिप दुर्घटनामा परी निधन भएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्