Logo

सिके राउतले प्रचण्ड सरकारलाई जेठ १५ गतेसम्म पर्खिने



काठमाडौं, २ जेठ । जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने वा फिर्ता लिने भन्नेबारे आगामी साता निर्णय लिने भएको छ । उपनिर्वाचनलगत्तै जनमतले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको थियो ।

तर, सरकारको स्थायित्वलाई लिएर आफूहरुले तत्काल निर्णय नगरेको जनमत पार्टीका नेता विपी साहले जनाएका थिए । अध्यक्ष सिके राउतले आगामी जेठ १५ गते बजेट आउने भएकोले अहिले हतारिएर निर्णय नलिने बताएका छन् ।

उपनिर्वाचनलगत्तै रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । रास्वपाले सरकारमा सहभागी हुनेगरि छलफल गरेको थियो । तर, साविकको मन्त्रालय नपाएको कारण रास्वपा सरकारमा नगएको बताईएको छ ।

यद्धपी रास्वपाले सरकारका राम्रा कामको भने समर्थन गर्ने भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा भने सरकारले चालेको कदम स्वागतयोग्य भएको रास्वपाका नेताहरुको भनाई छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्