Logo

प्रधानमन्त्री प्रचण्ड र अष्ट्रेलियाका सहायक विदेशमन्त्रीबीच भेटवार्ता



काठमाडौं, जेठ ३। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले भेटवार्ता गरेका छन्। भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको छ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा प्रधानमन्त्री दाहालले नेपालको विकास र समृद्धिमा अष्ट्रेलिया सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा गरेका थिए।

प्रधानमन्त्री दाहालले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको अवस्था र समस्याका बारेमा चासो व्यक्त गरे। सो अवसरमा उनले अष्ट्रेलियाका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएको प्रधानमन्त्रीको सचिवालले जनाएको छ।

भेटमा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र कृषिमा आधारित उद्योगको विकास र पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोगका बारेमा छलफल भएको जनाईएको छ।



प्रतिक्रिया दिनुहोस्