Logo

टोफल आईबीटी परीक्षा प्रणालीमा व्यापक परिवर्तन



काठमाडौं, जेठ ५ । टोफल आईबीटी परीक्षालाई निरन्तर रूपमा परिष्कृत गर्दै सहज र सुविधाजनक बनाउन ईटीएसले आगामी केही महिनाभित्र नै परीक्षार्थीहरूले अनुभव गर्नेगरी प्रणालीमा परिवर्तन गरेको छ ।

आगामी ७ साउनबाट लागू हुनेगरी टोफल आईबीटी परीक्षाको समयलाई छोट्याइन लागिएको हो । यो प्रणाली लागू भएपछि परीक्षा २ घण्टाभन्दा कम समयमा नै समाप्त हुनेछ । अहिले परीक्षा दिन ३ घण्टाभन्दा बढी लाग्ने गरिरहेको छ ।

७ साउनबाट परीक्षा प्रणालीमा केही परिवर्तनसमेत हुने भएको छ । ईटीएसका अनुसार अब परीक्षा अवधिभर सुव्यवस्थित निर्देशन र बहाव कायम रहनेछ ।

यस्तै, नयाँ र थप आधुनिक ‘शैक्षिक छलफलका लागि लेखन’ कार्य हुनेछ । यसले अघिल्लो स्वतन्त्र लेखनलाई प्रतिस्थापन गर्ने ईटीएसले जनाएको छ । साथै, पठन खण्ड छोटो हुनेछ भने अंकभार नभएका सबै प्रश्न हटाइनेछन् ।

यसैगरी, परीक्षाका लागि रेजिस्ट्रेसन प्रक्रिया सरल हुनेछ । परीक्षामा सामेल हुन चाहनेहरूले आफैं अकाउन्ट बनाएर टोफल आईबीटीका लागि इच्छाएको मितिमा पहिलाभन्दा सरल रूपमा रजिस्टर गर्न सक्नेछन् ।

आगामी १० साउनबाट परीक्षार्थीले प्राप्त गर्ने अंकसमेत पारदर्शी हुनेछ । परीक्षार्थीले आफूले प्राप्त गरेको अंक परीक्षा समाप्त भएलगत्तै हेर्न सक्नेछन् । यसका साथै अंकमा केही परिवर्तन भए तत्काल सूचना प्राप्त गर्नेछन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्