Logo

सार्वजनिक लेखा समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै, यस्ता छन छलफलका एजेन्डा



काठमाडौं, जेठ ५ । आज सार्वजनिक लेखा समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्ने भएको छ । सार्वजनिक लेखा समितिको बैठक मध्यान्ह साढे १२ बजे समितिको सभा कक्षमा बस्नेछ भने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक अहिले बिहान ११ बजे बस्न लागेको हो ।

आजको सार्वजनिक लेखा समितिको बैठकमा वित्तीय जवाफदेहीता, आर्थिक अनुशासन र बेरुजुको विद्यमान अवस्थाको सम्बन्धमा छलफल हुनेछ । त्यस्तैगरी कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुने जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्