Logo

प्रधानमन्त्री दाहालको भारत भ्रमणको तयारी थालियो, एजेण्डा तय गर्न परराष्ट्रमन्त्री साउद छलफलमा



काठमाडौं, ५ जेठ । जेठ १५ गते बजेट पारित गरेलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जाने तयारीमा छन् । त्यसको लागि उनले परराष्ट्रमन्त्री एनपी साउदलाई तयारी थाल्न भनेका छन् ।

मन्त्री साउदले आज पूर्व परराष्ट्रमन्त्रीहरुसँग छलफल गरेका छन् । छलफलको विषय प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा उठाउनुपर्ने एजेण्डा रहेको बताईएको छ ।

सिंहदरबारस्थित् परराष्ट्र मन्त्रालयमा भएको छलफलमा पूर्व परराष्ट्रमन्त्रीहरू रघुवी महासेठ, सुजाता कोइराला, डा. प्रकाशचन्द्र लोहनी र भेषबहादुर थापा सहभागी थिए।

उक्त भेटवार्तामा भारत भ्रमणको क्रममा व्यापार, वाणिज्य, जलस्रोत, सिमाना, पारवहन, पर्यटन तथा सांस्कृतिक सम्बन्धसँगै जनस्तरको सम्बन्धबारे कुरा उठाउनुपने छलफल भएको जनाईएको छ ।

प्रधानमन्त्री दाहालले यसअघि नै भारत भ्रमणको तयारी गरेका थिए । तर, भारतबाट सकारात्मक जवाफ नआएको कारण उनको भ्रमण रोकिएको चर्चा थियो ।



प्रतिक्रिया दिनुहोस्