Logo

प्रमाणबिना कसैले पोलेकै भरमा अपराध पुष्टि हुन सक्दैन : कानुनविद्



काठमाडौं, ६ जेठ । वरिष्ठ अधिवक्ता डा. गान्धी पण्डितले जनता र मिडियाको खबरदारीका कारण नक्कली भुटानी शरणार्थी प्रकरण तार्किक निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
‘यस प्रकरणको अनुसन्धान ६० दिन पुग्न लागिसकेकाले अन्तिम अवस्थामा छ । प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । जनता र मिडियाको खबरदारी निरन्तर छ । अनुसन्धान फितलो र कमजोर नहोला । तर मुद्दा दायर गर्दैमा सबैको आरोप पुष्टि नहुन सक्छ । फौजदारी संहितामा वकितमले मात्र काम गर्दैन । लिखित प्रमाण चाहिन्छ । पोलेको भरमा कुनै अपराध पुष्टि हुँदैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
डा. पण्डितले नेपालमा ठूलालाई उम्काउन सानालाई बलिको बोको बनाउने चलन रहेको तथ्य बिर्सन नहुने पनि औंल्याए । उनले भने, ‘मुख्य कुरा न्याय गर्ने काम अदालतको हो । न्यायालय स्वतन्त्र हुनुपर्छ र छ पनि । दूधको दूध, पानीको पानी हुने हिसाबले इन्साफ हुने वातावरण सिर्जना भएको मलाई लाग्छ । दोषी छुट्नुुहुँदैन, निर्दोषी पर्नुहुँदैन । जनतामा आशा बढेको छ तर हामी ढुक्क हुनुहुँदैन ।’



प्रतिक्रिया दिनुहोस्