Logo

६ सदस्यीय टोलीसहित स्वास्थ्यमन्त्री बस्नेत जेनेभा प्रस्थान



काठमाडौं, जेठ ६ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत स्विट्जरल्याण्ड प्रस्थान गरेका छन्।

विश्व स्वास्थ्य संगठनको ७६ औं महासभामा भाग लिन मन्त्री बस्नेत ६ सदस्यीय टोलीसहित आज बिहान स्वीट्जरल्यान्डको जेनेभा प्रस्थान गरेका हुन्। उनको भ्रमण टोलीमा मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटासहित ६ जना छन्।

जेनेभामा मे २१ देखि ३० सम्म विश्व स्वास्थ्य संगठनको ७६ औं महासभा हुँदैछ।



प्रतिक्रिया दिनुहोस्