Logo

प्रधानमन्त्री दाहाल आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा, जसपाबाट को बन्ला मन्त्री ?



काठमाडौं, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद् विस्तारको तयारीमा जुटेका छन् । आज मन्त्रिपरिषद् विस्तार भए योसँगै ११ पटक विस्तार हुने भएको छ। जनता समाजवादी पार्टीले पाउने थप एक मन्त्रालयमा आज अध्यक्ष उपेन्द्र यादवले नाम पठाएको स्रोतको दाबी छ ।

प्रधानमन्त्री दाहाल यही जेठको तेस्रो सातासम्म भारत भ्रमणमा जाने भएका छन् । त्यसअगावै उनले सरकारलाई पूर्णता दिन चाहेका छन् । जसपाबाट यसअघि अशोक राई शिक्षामन्त्री बनिसकेका छन् । अब जसपाको भागमा वन तथा वातावरण मन्त्रालय परेको छ ।

जसपाबाट मन्त्री बन्ने आकांक्षीहरु धेरै हुँदा अध्यक्ष यादवलाई एक जनाको नाम पठाउन सकस परेको थियो । तर, उनले आज एक जनाको नाम बालुवाटारमा पठाइसकेको स्रोतको दाबी छ । जसपाबाट डा. वीरेन्द्र प्रसाद महतो, प्रदीप यादव, राजकिशोर यादव र नवलकिशोर साहको नाम मन्त्री बन्नको लागि चर्चामा छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्