Logo

ओलीको आरोप : राज्यको आधारभूत मान्यतालाई नीति तथा कार्यक्रमले सम्बोधन गर्न सकेको छैन् (भिडिओसहित)



काठमाडौं, ७ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसद्मा पेश गरेको यो वर्षको नीति तथा कार्यक्रमले राज्यको आधारभूत मान्यतालाई सम्बोधन गर्न नसकेको टिप्पणी गरेका छन् । आज (आइतबार) बाट सुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले यस्तो बताएका हुन् ।

उनले भने,‘राज्य भनेको निरन्तर चल्ने कुरा हो । दिगो विकासका गन्तव्य पूरा गर्न, विकसित परिस्थितिको सामना गर्ने कुरा यस नीति तथा कार्यक्रममा समावेश गरिएको छेन् । देश अहिले असामान्य अवस्थाबाट गुज्रिरहेको छ । जनतामा असन्तुष्टि व्याप्त छ । सरकारप्रति जनताको अविश्वास वास्तवमा भन्ने हो भने अभूतपुर्व ढंगले ह«ास आएको छ ।’

उनले मुलुकको अर्थतन्त्र संकटपूर्ण अवस्थामा रहेको सुनाए । उनले सरकार राजश्व उठाउन असफल भएको दाबी गरे । उनले मूल्यवृद्धि दोहोरो अंकले बढेको टिप्पणी गरे । यस्तै, निर्यात २६ प्रतिशतले घटेको पनि उनले तथ्यांक पेश गरे ।



प्रतिक्रिया दिनुहोस्