Logo

भ्रष्टाचारी एक दिन कानुनी कारबाहीमा पर्छ भन्ने स्थापित गराऔँ : ओली (भिडिओसहित)



काठमाडौं, ७ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारी एक दिन कानूनी कारबाहीमा पर्छ भन्ने स्थापित गर्नुपर्ने प्रस्ताव गरेका छन् । उनले कुनै पनि कालखण्डका भ्रष्टाचार र जोकोही भ्रष्टाचारीमाथि कानुनी कारबाही गर्न साझा इच्छाशक्ति बनाउन पनि प्रस्ताव गरेका छन्।

प्रतिनिधि सभाको आज (आइतबार) को बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिने क्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् । उनले भने, ‘एक पटक इच्छाशक्ति देखाऔँ। यसलाई साझा इच्छाशक्ति बनाऔँ। भ्रष्टाचारी एक दिन कानुनी कारबाहीमा पर्छ भन्ने स्थापित गराऔँ।’

यद्धपी उनले सरकारले सबै प्रकारमा भ्रष्टाचार नियन्त्रण गर्छ भन्ने आफूहरुलाई विश्वास नलागेको आरोप लगाए । उनले भने, ‘भ्रष्टाचारको सबै विषयलाई कानुन दायरामा ल्याउनेछ। यस्ता वाक्यहरू छन् तर, सरकार आफै भ्रष्टाचार र विकृतिबीच दुबिधा र भ्रम सिर्जना गरेर भ्रष्टाचार नियन्त्रणको प्रतिबद्धताबाट उम्किन खोजेको देखिन्छ।’ तस्विर : मुकुन्द कालिकोटे/रिपोटर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्