Logo

आज सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउँदै प्रहरी



काठमाडौं, जेठ ८ । जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौँ नागरिकको करोडौँ रकम ठगी प्रकरणको आफ्नो अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी गरेको छ।

आइतबार अबेरसम्म पनि प्रतिवेदन लेखन नसकिएपछि आज बुझाउने तयारी प्रहरीले गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दानबहादुर कार्कीले केही जरुरी प्राविधिक काम पूरा हुन नसकेपछि सोमबारमात्र प्रतिवेदन बुझाउने तयारी गरेको बताए।

प्रहरीले ठगी र सङ्गठित अपराधमा १६ जना व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। आइतबारउनीहरूलाई तीन दिनको म्याद लिएर प्रहरीले हिरासतमा राखेको छ। संलग्नको आरोप लागेका केही भने फरार छन्। परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले कानूनले आकर्षित गर्ने सबै दफाको माग दाबीसहित अभियोजन गर्ने गरी प्रतिवेदन दिने बताए।

यस घटनामा एक सय छजना पीडितबाट २३ करोड २५ लाख ठगी भएको भनी उजुरी परेको छ। प्रहरी स्रोतका अनुसार ठगी र सङ्गठित अपराधसहित केहीलाई लिखतसम्बन्धी कसुर ९कीर्ते० तथा केहीलाई देशद्रोहको पनि मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन जानसक्ने बताइएको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्