Logo

संसदमा आज पनि वार्षिक नीति तथा कार्यक्रममाथि छलफल



काठमाडौं, जेठ ८ । संघीय संसद्का दुवै सदनमा सरकारले ल्याएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहने भएको छ।

शुक्रबार संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ वार्षिक नीति तथा कार्यक्रममाथि आइतबारदेखि दुवै सदनमा छलफल शुरु भएको हो।

वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका लागि अहिले ११ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको संघीय संसद् सचिवालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्