Logo

मुमाराम खनालको दाबी : केपी ओलीको पार्टी र उनको नेतृत्व सबैभन्दा भ्रष्ट देखियो (भिडिओसहित)



काठमाडौं, ८ जेठ । राजनीतिक विश्लेषक मुमाराम खनालले केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी र उनको नेतृत्व सबैभन्दा बढि भ्रष्ट देखिएको आरोप लगाएका छन् । उनले भने,‘केपी ओली यत्ति प्रतिक्रियामा बाँच्ने नेता हो, यति धेरै आफ्नो पार्टीभित्र त्यत्रो धेरै भ्रष्टाचारको काण्ड भयो, त्यो भ्रष्टाचारको काण्डमा उहाँको जहिल्यै पनि के भयो भने त्यसलाई सहयोग गर्ने काम भएन । निर्दोषलाई पार्नु भएन भन्नुहुन्छ, त्यो निर्दोष भनेको आफ्ना पार्टीका चाहीँ पर्नुभएन । त्यसकारण यो भ्रष्टाचारसम्म आउँदा केपी ओलीको पार्टी र केपी ओलीको नेतृत्व सबैभन्दा बढि भ्रष्ट देखियो ।’

उनले वाइडबडी, ओम्नी, ललिता निवास सबै प्रकरणको छानबिन हुनुपर्ने माग गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो दाबी गरेका हुन् । उनले भने,‘अहिलेसम्म सबैभन्दा भ्रष्ट एमाले देखियो । हो, ती दुई जना पात्र, जो गृहमन्त्रालयमा देखियो, ती चाहीँ माओवादी हुन । तिनलाई मैले एमाले पनि भन्दिनँ । ती माओवादीमै पनि भ्रष्ट थिए । त्यो भ्रष्टाचारलाई रोक्नको लागि, त्यसमा केपी ओलीलाई पनि प्रभावमा पारेर, एमालेको पँक्तिलाई पनि प्रभावमा पारे, उनीहरु एमालेमा रहनु भनेको यही भ्रष्टाचारबाट बच्नको लागि थियो । नत्र उनीहरु एमालेमा रहँदैन थिए । त्यसकारण भ्रष्टाचारको केशमा, यसको मतलव यो होइन कि माओवादी चाहीँ कम भ्रष्ट छ ।’

उनले माओवादीबाट अर्थमन्त्रीको रुपमा आफूहरुले नाँगो लाचारी देखेको पनि टिप्पणी गरे । उनले भने,‘जसलाई चाहीँ सिधै जेल लान मिल्छ । ओम्नी, वाईडबडीको कुरा आउँदा, बालुवाटारको केश आउँदा, टि–स्टेटको जग्गाको केश आउँदा, यी सबैमा एमाले छन् । सबै एमालेका नेता छन्, र केपी ओलीको नेतृत्वमा (उनले प्रत्यक्षमा यो कुरा थाहा नपाएको होईन), त्यसकारण केपी ओलीले के बोले भन्नेबाट हामीले त्यस्तै बुझ्छौं र ? त्यसकारण नेताले के बोल्यो भन्नेतिर हामी जाँदै नजाऔं ।’

उनले माओवादी पनि भ्रष्टाचारको केन्द्र बनेको आरोप लगाए । एमाले र कांग्रेस पनि भ्रष्टाचारको केन्द्र बनेको र यसमा सबैभन्दा बढि जिम्मेवार प्रधानमन्त्री बनेकाहरु नै रहेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्