Logo

अर्थ प्रणाली गम्भीर अवस्थामा छ, मिलेर अघि बढौँ : सांसद पौडेल



काठमाडौँ, ८ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद देवेन्द्र पौडेलले अर्थ प्रणाली गम्भीर अवस्थामा पुगेकाले सबै मिलेर अघि बढ्नुपर्ने समय भएको बताएका छन् ।

मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानमा एकजुट भएर लाग्नुपर्ने समय आएको भन्दै समस्यालाई विषयान्तर गर्न नहुनेमा उनले जोड दिए ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा आज सांसद पौडेलले नेपालमा विदेशी लगानीको प्रतिबद्धता ३४ प्रतिशतले घटेको भन्दै अर्थतन्त्र सुुधारका लागि एकजुट भएर लाग्नुपर्ने बताए ।

सरकारको आगामी आवको नीति तथा कार्यक्रममा भ्रष्टाचारलगायत अनियमिततामा शून्य सहनशीलताको प्रतिबद्धता गरिएकाले वर्तमानमा देखिएका समस्या समाधान हुनेमा विश्वास व्यक्त गरे ।

जनताले लडेको युद्ध जनयुद्ध भएको भन्दै पौडेलले युद्ध जङ्गली जनावरकाबीच भएको जस्तो गरी भइरहेको टिप्पणीप्रति आपत्ति प्रकट गरे । रासस/File photo



प्रतिक्रिया दिनुहोस्