Logo

प्रदेशहरुको नाम खोला, नाला र खोल्साहरुबाट गरिएको भन्दै उपेन्द्र यादवको गुनासो (भिडिओसहित)



काठमाडौं, १० जेठ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवम सांसद उपेन्द्र यादवले संघीयताको संरचनामा नै समस्या रहेको औंल्याएका छन् । यादवले संघीय संरचनामात्रै नभएर प्रदेशहरुको नाम पनि खोला, नाला र खोल्साहरुबाट गरिएको भन्दै आपत्ति जनाएका छन् । आजको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा यादवले यस्तो बताएका हुन् ।

उनले भने,‘संघीयताको संरचनाको कुरा गर्दा यसमा समस्या छन् । प्रदेशहरुको नाम खोला, नाला र खोल्साहरुबाट गरिएको छ, यसलाई सच्याउने कि नसच्याउने ? प्रदेशहरुलाई प्रहरी हस्तान्तरण वा समायोजन गर्ने कि नगर्ने ? आर्थिक स्रोत र साधनको अधिकार दिने कि नदिने ?’ उनले संविधानमा लेखिएबमोजिम प्रदेशलाई अधिकार दिनुपर्नेमा जोड दिए ।

उनले मिठा र काल्पनिक कुरा गरेर समृद्ध नेपाल बनाउन नसकिने टिप्पणी गरे । उनले राष्ट्रिय योजना आयोगको कुनै काम नै नभएको भन्दै यसलाई खारेज गर्नुपर्ने माग गरे । उनले भने,‘राष्ट्रिय योजना आयोग काम नै छैन । यसलाई खारेज गरिदिए हुन्छ । यसलाई खारेज गरेर प्रधानमन्त्रीको आर्थिक सल्लाहकार निर्माण गरे हुन्छ । यो काम न कागजको संस्था हो ।’ उनले रसायनिक मल कारखानाको कुरा गरिएपनि सरकारले नै उक्त कारखाना खोल्नुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्