Logo

झन्डै तीन करोड रुपैयाँ क्षतिपूर्तिको माग दाबीसहित ढाकाकुमार श्रेष्ठविरुद्ध मुद्दा हाल्दै रास्वपा प्रवक्ता ढकाल



काठमाडौं, जेठ ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले पार्टीका निलम्बित सांसद डा. ढाकाकुमार श्रेष्ठविरुद्ध मानहानीको मुद्दा हाल्ने बताएका छन्। समाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रवत्ता ढकालले झन्डै ३ करोड रुपैयाँ लिएर ढाकाकुमारलाई समानुपातिक सांसद बनाएको आरोप विरुद्व मुद्दा हाल्ने बताएका हुन् ।

ढाकाकुमारले आफुहरुको मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याएको भन्दै २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दाबीसहित अदालतमा मानहानीको मुद्दा हाल्ने तयारीमा रहेको जनाएका छन् । उनले लेखेका छन्, ‘केही सञ्चारमाध्यममा मैले र पार्टी उपसभापति डीपी अर्यालले ढाकाकुमार श्रेष्ठसँग २ करोड ८४ लाख मागेको भनेर समाचार आएकोमा गम्भीर ध्यानाकर्षण भएको छ ।’

उनले अगाडि लेखेका छन्, ‘यो हाम्रो मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याउन सकिन्छ कि भनेर सार्वजनिक गरिएको देखिन्छ। यसलाई कसैले पुष्टि गर्छ भने हामी जस्तोसुकै सजाय भोग्न तयार छौँ। यसबाट हामीले हाम्रो मानहानि भएको महसुस गरेको हुँदा अदालतमा मानहानिको मुद्दा दर्ता गर्दै छौँ।’

आरोप लगाइएको २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दावि गरि मुद्दा दर्ता गर्ने र अदालतले दिने क्षतिपूर्ति रास्कोट अस्पताललाई सहयोगार्थ दिने उनले लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्