Logo

नक्कली शरणार्थी प्रकरण : आरोपितहरुसँग बयान सुरु, सुरुमा दुलालसँग बयान



काठमाडौं, १२ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुमाथि काठमाडौं जिल्ला अदालतमा बयान सुरु भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा केशव दुलालको बयान सुरु भएको हो ।

उक्त प्रकरणमा मुछिएका ३० जनाविरुद्ध ठगी, सरकारी कागज किर्ते, राज्यविरुद्धको एकीकृत कसुर र संगठित अपराधको अभियोगमा मुद्दा दायर भएको थियो । यो प्रकरणमा १६ जनाको बयान सुरु भएको हो । रामबहादुर थापा बादलका छोरा प्रतिक थापासहित १४ जना फरार छन् ।



प्रतिक्रिया दिनुहोस्