काठमाडौं, १२ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीको आम माफीसम्बन्धी प्रस्ताव फिर्ता पठाएका छन् ।
राष्ट्रपति कार्यालयले आज (शुक्रबार) चौधरीको आम माफीसम्बन्धी फाइल गृहमन्त्रालयमा फिर्ता पठाएको हो ।
कानुन नपुगेको भन्दै राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको सचिवालयले जनाएको छ ।
आजमात्रै टिकापुरमा हत्या भएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहराले चौधरीलाई आममाफी दिने प्रस्ताव अस्विकृत गर्न आग्रह गरेकी थिईन् ।
राष्ट्रपति कार्यालयले सो पत्र पनि गृहमन्त्रालयमा जानकारी लागि पठाएको जनाईएको छ ।