Logo

भारतको संसद् भवनमा राखिएको ‘अखण्ड भारत’ नक्सामा नेपालका भू–भागहरु समावेश गरेको भन्दै एमाले रुपन्देहीको ध्यानाकार्षण, भारतसँग आपत्ति जनाउन सरकारलाई सुझाव (विज्ञप्तीसहित)



काठमाडौं, १६ जेठ । नेकपा (एमाले) जिल्ला कमिटी, रुपन्देहीले भारतको नयाँ संसद् भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्सामा नेपालका भूभागहरु समेत समावेश गरिएको भन्दै गम्भीर ध्यानाकार्षण भएको जनाएको छ ।

एमाले जिल्ला कमिटी, रुपन्देहीले आज (मंगलबार) विज्ञप्ती जारी गरेर भनेको छ–‘भारतले हाले उद्घाटन गरेको नयाँ संसद् भवनमा राखिएको उक्त नक्सामा विश्व्मै प्रख्याँत नेपालको रुपन्देही जिल्लामा पर्ने बुद्ध जन्मस्थल लुम्बिनी र अर्को नेपालको भूभाग कपिलवस्तुलाई पनि समावेश गरिएको खबरहरु सार्वजनिक हुनु निकै नै आपत्तिजनक छ । यसबारेमा नेपाल सरकारको धारणा के हो ? यथाशिघ्र सार्वजनिक गर्न आग्रह गर्दछौं ।’

अध्यक्ष तेजेन्द्र केसीले जारी गरेको विज्ञप्तीमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सुरु हुनै लाग्दा आएका यस्ता गम्भीर र विवादस्पद विषयप्रति समयमै संवेदनशील बन्न, यसप्रति तत्काल भारत सरकारसँग आपत्ति जनाउन र उक्त नक्साबाट नेपालको भूभाग हटाउनेतर्फ ठोस पहल गर्न पनि सरकारको ध्यानाकार्षण गरिएको छ । केसीले अन्यथा राष्ट्रियताको संरक्षणमा एमाले जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार रहेको समेत चेतावनी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्