काठमाडौं,१६ जेठ । आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट सार्वजनिक भएपछिको पहिलो कारोबार दिन सेयर बजारमा ठूलो गिरावट आएको छ ।
मंगलबार नेप्से परिसूचांकमा ५३.१६ अंकको गिरावट आएको छ । आज नेप्से ५३. १६ अंकले घटेर १८८८.६१ अंकमा खुम्चिएको छ ।
नयाँ बजेट सार्वजनिक भएपछि सेयर बजारले गति लिने विश्वास अर्थमन्त्री डा.प्रकाशशरण महतको थियो तर महतको विश्वासलाई लगानीकर्ताले नपत्याएपछि नेप्सेमा भारी मात्रामा गिरावट आएको हो ।
७० लाख भन्दा धेरै कित्ता सेयर आज कूल २ अर्ब ३४ करोड भन्दा धेरैको कारोबार भएको छ ।
कारोबार बढेको दिन नेप्से सुचांकभने उललेख्य मात्रामा घटेको छ ।
२०७ कम्पनीको मूल्य घटेको दिन आज ३ कम्पनीको मूयमा कुनै परिवर्तन आएन् त्यस्तै ९ कम्पनीको मूल्यमा सामान्य वृद्धि भएको छ ।