Logo

सांसद विकास कोष ब्यूँताएको होइन नयाँ अवधारणाबाट ल्याइएको हुँ : अर्थमन्त्री महत



काठमाडौं,१६ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सांसद विकास कोष ब्यूँताएको नभएर नयाँ अवधारणाबाट ल्याइएको बताएका छन् ।

आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटका सम्बन्धमा आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा अर्थमन्त्री डा महतले यस्तो बताएका हुन् ।

‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममा सांसदहरूको भूमिका आयोजना छनौट गर्ने मात्रै हो । आफ्नो क्षेत्रमा कुन र कस्तो आयोजना चाहिन्छ भनेर उहाँहरूलाई थाहा हुन्छ । सांसदहरुले सोझै नगदका रुपमा पाउने होइन । उहाँहरुले खल्तीमा हाल्ने पैसा होइन’ उनले भने ।

जनताको माग कुन क्षेत्रमा छ भनेर सम्बन्धित निर्वाचन क्षेत्रबाट निर्वाचित सांसदलाई थाहा हुने र त्यस्ता आयोजनाको अनुगमनमा उहाँहरु संलग्न हुने भएकाले झन प्रभावकारी हुने उनको भनाइ छ । file photo



प्रतिक्रिया दिनुहोस्