Logo

प्रधानमन्त्री दाहाल भारतमा, विदेश राज्यमन्त्री मिनाक्षी लेखीले गरिन् स्वागत (फोटोफिचर)



काठमाडौं, १७ जेठ । चारदिने भारत भ्रमणका लागि आज (बुधबार) नयाँदिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् ।

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माकाअनुसार प्रधानमन्त्री दाहाललाई विदेश राज्यमन्त्री लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए । सो क्रममा प्रधानमन्त्री दाहालको स्वागतका लागि विमानस्थल बाहिर सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको थियो ।

यसअघि प्रधानमन्त्री दाहालको स्वागतको लागि भारतीय विदेशमन्त्री एस जयशंकर आउने चर्चा थियो । तर, उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न महिनामा हुने अमेरिका भ्रमणको तयारीको लागि अमेरिका गएका छन् ।

तस्विर : शंकर शर्माको ट्विटर



प्रतिक्रिया दिनुहोस्