काठमाडौं, १८ जेठ । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा ऊर्जा सहकार्यबारे महत्त्वपूर्ण सहमति हुने बताएका छन् ।
‘ऊर्जामा सहकार्य दुवै मुलुकको प्राथमिकता हो । यसका लागि आवश्यक गृहकार्य भइरहेका छन् । ऊर्जामा लगानी कसरी बढाउने, उत्पादन कसरी वृद्धि गर्ने, पूर्वाधार कसरी बनाउने, ऊर्जा खपत कसरी गर्ने, बचत भएको ऊर्जाको व्यापारलाई कसरी व्यवस्थित गर्ने आदि विषयमा महत्त्वपूर्ण सहमति हुनेछन्,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
मन्त्री बस्नेतले भारत सरकारसँग द्विपक्षीय र त्रिपक्षीय ऊर्जा व्यापारको विषयमा छलफलका विषय रहेको पनि बताए । उनले भने, ‘अहिले हामी छलफलमै छौं । सबै कुरा सुनाउने बेला भइसकेको छैन ।’