Logo

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा



काठमाडौं, जेठ १९ । आज नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ। च्यासलस्थित पार्टी मुख्यालयमा अहिले बिहान साढे ११ बजे सचिवालय बैठकले जिल्लाका इन्चार्ज र सहइन्चार्जहरूलाई यसअघि तोकिएको भूगोलभन्दा फरक ठाउँमा कार्यक्षेत्र रहनेगरी जिम्मेवारी दिनेछ।

आजको बैठकमा वार्षिक कार्ययोजनालाई अन्तिम रूप दिने कार्यसूची पनि रहेको छ । त्यस्तै बैठकले केन्द्रीय सदस्यहरूको कार्यविभाजन समेत गर्ने जनाईको छ ।

१९ सदस्यीय सचिवालय रहेको एमालेमा सचिव टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणका कारण निलम्बनमा परेका छन् ।



प्रतिक्रिया दिनुहोस्