Logo

भारतीय रक्षामन्त्री सिंह भन्छन् : भारतले सधैं नेपालको विकास चाहेको छ



नयाँ दिल्ली, २० जेठ । भारतीय रक्षामन्त्री तथा भाजपाका पूर्व अध्यक्ष राजनाथ सिंहले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको चार दिने भारत भ्रमण फलदायी भएको दाबी गरेका छन् । नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा रक्षामन्त्री सिंहले नेपाल–भारत सम्बन्ध पनि नयाँ उचाईंमा पुगेको बताए ।

सिंहले नेपालका प्रधानमन्त्री दाहालको भारत भ्रमण सफल भएको दाबीमात्रै गरेनन् । दुई देशका प्रधानमन्त्रीबीचको भेटवार्तापछि नेपाल–भारतबीच द्धिपक्षीय सम्बन्धमा थप विश्वासको वातावरण बनेको उनको दाबी छ । उनले भने,‘हामीबीच रहेको अविश्वास हटेको छ। दुई देशका कार्यकारी प्रमुख मिलेर जाने घोषणा । प्रधानमन्त्री प्रचण्डजीको भारत भ्रमण फलदायी र उपलब्धिमूलक भएको छ ।’ उर्जाको विकासमा नेपालले अब राम्रो गर्ने दाबी गरे । उनले भारत नेपालले उत्पादन गर्ने विजुली किन्न तयार रहेको पनि विश्वास दिलाए ।

उनले भारतीय प्रधानमन्त्री नेपालप्रति सधैं सकारात्मक रहेको सुनाए । उनले भने,‘प्रधानमन्त्री मोदी नेपालप्रति सकरात्मक हुनुहुन्छ । नेपाल र भारतबीचको सम्बन्ध राम्रो बनाएर जानुपर्छ ।’ उनले दुई देशबीच ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिए । सिंहले भारतले सधैं नेपालको विकास चाहेको बताए । उनले भने,‘हामी आर्थिक रुपमा सम्पन्न नेपाल हेर्न चाहन्छौं । नेपालको समृद्धि नै हाम्रो चाहना हो ।’

 



प्रतिक्रिया दिनुहोस्