Logo

प्रधानमन्त्री दाहाल स्वदेश फर्कँदै, विदेश राज्यमन्त्री लेखीले गरिन् विदाई (फोटोफिचर)



काठमाडौं, २० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल चारदिने भारत भ्रमण सकेर नेपालको लागि प्रस्थान गरेका छन्। प्रधानमन्त्री दाहाल नेतृत्वको भ्रमण दल अहिले इन्दिरा गान्धी विमानस्थलबाट काठमाडौंका लागि प्रस्थान गरेको छ ।

प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले बिदाइ गरेकी हुन् । प्रचण्ड साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । यसअघि भारत पुग्दा पनि प्रधानमन्त्री दाहाललाई उनै विदेश राज्यमन्त्री लेखीले नै विमानस्थलमा स्वागत गरेकी थिईन् ।

तस्विर : प्रदीपराज वन्त/प्रम दाहालको सचिवालय



प्रतिक्रिया दिनुहोस्