काठमाडौं, जेठ २१। राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनवाइ हुदैँछ ।
राष्ट्रपतिले १७ जेठमा प्रमाणीकरण गरेको विधेयक असंवैधानिक भएको भन्दै शुक्रबार वरिष्ठ अधिवक्ताद्वय बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीले दर्ता गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा निस्कनु अघि राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेकको विधेयक असंवैधानिक भएको भन्दै रिटमा लागू नगर्न–नगराउन अन्तरिम आदेशसमेत माग गरिएको छ।
अघिल्लो संसद्ले बहुमतले पारित गरेको विधेयक प्रधानमन्त्री दाहाल भारत जाने दिन राष्ट्रपति पौडेलले प्रमाणित गरेका थिए । नयाँ संसद आइसकेको अवस्थामा पुरानो संसद्ले पठाएको विधेयक प्रमाणिकरण गरेको भन्दै आलोचना भइरहेको छ ।