Logo

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति साहको निधन



काठमाडौँ, २५ जेठ । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएको छ ।

करिब एक सातादेखि भारतको नयाँ दिल्लीमा उपचाररत ६९ वर्षीय डा. साहको आज बिहान निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । उपकुलपति साह दुई महिनादेखि फोक्सोको क्यान्सरबाट पीडित थिए ।

उपकुलपति साहको काठमाडौँमा उपचार सम्भव नभएपछि भारतको नयाँ दिल्ली लगिएको थियो । उनी नशा तथा हाडजोर्नी रोग विशेषज्ञ समेत हुन् । डा. साहलाई मधेस प्रदेशले २०७७ माघ १८ गते प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको थियो । रासस



प्रतिक्रिया दिनुहोस्