Logo

झोलेलाई वडा अध्यक्षको स्तरमा पुर्‍याइदिएको भन्दै कांग्रेस सांसद गिरीले दिए बालेनलाई धन्यवाद



काठमाडौं,२८ जेठ । नेपाली कांग्रेसका सांसद दीपक गिरीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई व्यंग्य गर्दै धन्यवाद दिएका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बजेट माथि आफ्नो धारणा सार्वजनिक गर्दै गिरीले जनताले सांसदको भूमिकालाई चिन्न नसकेको बताएका हुन् । उनले विवादास्पद सांसद विकास कोषको बचाउ गर्दै पूर्वधार विकासको नाममा अहिले कमसेकम ५ करोड भने पनि एउटा निर्वाचन क्षेत्रमा पुगेको बताए।

‘म त सलाम गर्छु बालेनजीलाई, उहाँले हामी झोलेलाई वडासदस्यको स्तरमा पुर्‍याइदिनुभयो,’ उनले भने, ‘हामी त झोले हौं। राति बूढी आमाको फोन आउँछ, सांसद बाबु दुईवटा खसी पालेको एउटा मर्‍यो, केही पाइन्छ कि ? पहिरो गए, आगलागी भए पनि जनताले खोज्ने हामी सांसद नै हुन्।’कम गाह्रो छ, राति फोन आउँछ। उनले भने।



प्रतिक्रिया दिनुहोस्