Logo

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध परेको उजुरी अध्ययन गर्न संसदीय समितिको बैठक बस्दै



काठमाडौं,२९ जेठ । संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ ।

सर्वोच्च अदालतका प्रस्तावित पधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध परेको उजुरीको अध्ययन गर्न बैठक बोलाइएको हो ।

बैठक सोमबार बिहान ११ बजे सार्वजनिक लेखा समितिको सभाहल भवन नं १, कोठा नम्बर ४११ मा बस्नेछ ।

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध ३० वटा उजुरी परेका छन्। कार्कीविरुद्ध जेठ १६ गते १० दिनभित्र उजुरी आह्वान गरिएसँगै प्रक्रिया अगाडि बढेको थियो ।



प्रतिक्रिया दिनुहोस्