काठमाडौं,२९ जेठ । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध परेको उजुरी खोलिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं सांसद पशुपति शमशेर जबराको अध्यक्षतामा सोमबार बसेको संसदीय सुनुवाई समितिको बैठकले उनिविरुद्ध परेको उजुरी खोलेको हो ।
गत जेठ १६ देखि १० दिनको समय उपलब्ध गराएर उजुरी आव्हान गरिएकोमा कार्कीविरुद्ध विभिन्न व्यक्तिहरुले २९ वटा उजुरी दर्ता गराएका छन् ।
समितिको आज बसेको बैठले उजुरीको प्रतिलिपि समिति सदस्यहरुलाई वितरण गर्दै कार्ययोजनासमेत तय गरेको छ ।
आज तय गरेको कार्ययोजना अनुसार आगामी जेठ ३० र ३१ गते उजुरीकर्तालाई बोलाएर छलफल गर्ने,३२ जेठमा कार्कीलाई बोलाएर छलफल गर्ने र असार १ गते विहान ८ बजे बैठक बसी अन्तिम निर्णय गरिनेछ ।