काठमाडौं,२९ जेठ । त्रिभुवन विश्वविद्यालयका बेथिति सुधारको माग गर्दै नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले त्रिविका उपकुलपति प्रा डा.धर्मकान्त बाँस्कोटालाई ज्ञापन पत्र बुझाएको छ ।
अखिलका महासचिव नरेश रोकायलगायतका विद्यार्थी नेताको उपस्थितिमा विभिन्न ८ बुँदामा ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको अखिलले जनाएको छ ।
उपकुलपति बाँस्कोटालाई बुझाइएको ज्ञापन पत्रमा त्रिविमा देखिएको अस्तव्यस्त तथा नजिता प्रकाशनमा हुने ढिलासुस्तीलाई न्यूनिकरण गर्न,परीक्षा नियन्त्रण कार्यालय बल्खुमा भइरहेको अनाबश्य हैरानीलाई छिटो भन्दा छिटो सहज बनाउन,त्रिविबाट सम्बन्धन पात्र क्याम्पसमा देखिएको भ्रष्टचार छानविन गरि दोषीलाई कानून बमोजिम कारबाही गर्न तथा त्रिविको भद्रगोल व्यवस्थापन सुधारका आवश्यक कदम चाल्न माग गरिएको छ ।