Logo

एमालेद्धारा सुदूरपश्चिम प्रदेश सभाको बैठक वहिष्कार



काठमाठौं,२९ जेठ । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सभाको बैठक वहिष्कार गरेको छ ।

कैलालीको गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविज्ञान बनाउने सरकारको निर्णय विपरीत बजेटमार्फत प्रतिष्ठान बनाउन खोजिएको भन्दै प्रदेश सरकारको प्रष्ट धारणाको माग गर्दै आजको प्रदेश सभाको बैठक वहिष्कार गरेको हो ।

मुख्यमन्त्री कमलबहादुर शाहले गेटा विश्वविद्यालयका सम्बन्धमा सम्बोधन गरेपछि नेकपा एमालेका सांसदहरु उठेर मन्त्रिपरिषद्को निर्णयको माग गरेका थिए ।

सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रिपरिषद्को निर्णयमार्फत विश्वविद्यालय सम्बन्धमा धारण सार्वजनिक गर्नु पर्ने नेकपा एमालेका प्रमुख सचेतक सुरेन्द्र पालले बताए।

उनले सरकारको धारणा सार्वजनिक नभएसम्म बैठक चल्न नदिने चेतावनी दिए ।‘बाहिर यतिका टीकाटिप्पणी भइरहेका छन्, आन्दोलनप्रतिको सरकारको धारण स्पष्ट पार्नु पर्‍यो, सरकार मौन किन छ,’उनले भने। सरकारको धारणा सार्वजनिक नभएसम्म एमालेले बैठकमा भाग नलिने भन्दै सांसदहरु बैठक छोडेर हिँडेपछि एक घण्टाका लागि प्रदेश सभा बैठक स्थगित भएको छ।



प्रतिक्रिया दिनुहोस्