काठमाडौं,३० जेठ । सत्तारुढ गठबन्धनका नेताहरुबीच गठबन्धनमा देखिएको विमतिलाई हल गरेर अगाडि बढ्ने सहमति भएको छ । मंगलबार विहान बालुवाटारमा भएको गठबन्धनमा आवद्ध दलहरुको छलफलमा उक्त सहमति जुटेको हो ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको विनियोजित बजेटमा प्रधानमन्त्री,अर्थमन्त्री र कांग्रेस सभापति शेरबहादुर देउवाको निवाइचन क्षेत्रमा मात्रै बजेट पारेको र अन्य निर्वाचन क्षेत्रलाई विभेद्ध गरिएको भन्दै गठबन्धनमा आवद्ध नेताहरु असन्तुष्ट रहेका छन् ।
नेकपा एसले त सरकारले बजेट संशोधन नगरे सरकार ढाल्नेसम्मको चेतावनी दिएको छ। अध्यक्ष नेपालको चेतावनीपछि सोमबार पनि प्रधानमन्त्रीले बालुवाटारमा बोलाएर छलफल गरेका थिए। नेकपा एस,जसपा र लोसपाका नेताहरुमात्रै हैन बजेटलाई लिएर नेपाली कांग्रेस भित्रपनि तिब्र असन्तुष्टि देखिएको छ ।
आजको बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा.प्रकाशशरण महत, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु सहभागी थिए । file photo