Logo

कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै



काठमाडौं,३१ जेठ । कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक हुने भएको छ ।

नेकपा एमालेका प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकारले पहिलोपटक सार्वजनिक गर्न लागेको नीति तथा कार्यक्रम प्रदेश प्रमुख पर्शूराम खापुङले बाचन गर्नेछन् ।

मङ्गलवार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले सरकारको आर्थिक वर्ष २०८०-८१ को वार्षिक नीति तथा कार्यक्रमलाई छलफलका लागि स्वीकृति गर्ने निर्णय गर्दै प्रदेशसभालाई सम्बोधन गरी प्रस्तुत गर्न प्रदेश प्रमुखलाई अनुरोध गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्