काठमाडौं,३१ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलको सरकारी निवास शीतल निवासले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलेजा रेग्मी भट्टराईद्धारा जारी विज्ञप्ति अनुसार पौडेल नियमित स्वास्थ्य परीक्षण,उपचार तथा २४ घण्टा चिकित्सकहरूको अवलोकनपछि आज बिहान ८ बजे शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट डिस्चार्ज भई राष्ट्रपति निवास फर्किएका छन् । र उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।
मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल मंगलबार अस्पताल भर्ना भएका थिए ।