काठमाडौं,३१ जेठ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको तर्फबाट प्रतिरक्षा बहस सकिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा जारी प्रतिरक्षा बहसमा झण्डै दुइ दिनको बहसपछि खाँणको तर्फबाट प्रतिरक्षा बहस सकिएको हो ।
खाँणको तर्फबाट तीन जना पुर्वमहान्यायाधिवक्ताहरु खम्बबहादुर खाती,रमण श्रेष्ठ र महादेव यादव तथा नेपाल बार एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरे तथा पूर्वअध्यक्षद्धय शेरबहादुर केसी, र प्रेमबहादुर खड्काले प्रतिरक्ष बहस गरेका थिए । खाँणको तर्फबाटसर्वोच्च बारका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता बाबुराम दाहाल लगायत १५ जना वकिलले प्रतिरक्षा बहस गरेका छन् ।
प्रतिरक्षा बहसमा उत्रिएका अधिकांश वकिलहरुले खाँणको बचाउ गर्दै उनको राजनीति धुमिल पार्न खोज्नेहरुले नियतवस फसाएको आरोप लगाएका छन् ।
बुधबार खाँणको पक्षबाट बहस गरेका नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले त खाँणलाई कांग्रेसमा सम्भावना भएका नेता भन्दै उनको राजनीतिक करिअर ड्यामेज गर्ने नियतका साथ मुद्दा चलाइएको बताए।
‘भोलि बालकृष्ण खाँण प्रधानन्त्री र पार्टी सभापति बन्न सक्छ भनेर उनलाई ड्यामेज गर्नका लागि मुद्दा लगाइएको छ’, उनले भने, ‘यो राजनीतिक क्षतिको भर्पाई भोलि कसले गर्छ?’