काठमाडौं,३२ जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा पक्राउ परेका १८ जनानै प्रतिवादीको तर्फबाट थुनछेक बहस सकिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा ११ दिनदेखि जारी प्रतिरक्षा बहस आज सकिएको हो ।
प्रतिवादीको तर्फबाट बहस सकिएपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँका प्रमुख अच्यूतमणि न्यौपानेसहितका ४ जनाले जवाफी बहस गर्नेछन् ।
न्यायाधीश न्यौपानेले शुक्रबार २ बजेभित्र बहस सक्न सरकारी वकिललाई इजलासबाट भनिसकेका छन् ।
यस प्रकरणमा पूर्वमन्त्रीद्धय टोपबहादुर रायमाझी र बालकृष्ण खाँणसहित १८ जना प्रहरीको हिरासतमा रहेका छन् ।