Logo

मध्य तथा पश्चिम तराईका भू–भागमा अत्याधिक गर्मी हुने सम्भावना यथावत



काठमाडौं, असार १ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। बुधबारबाट नेपाल भित्रिएको मनसुन देशभर सक्रिय हुन नसक्दा देशका मध्य तथा पश्चिम तराईका भू–भागहरूमा अत्याधिक गर्मी हुने सम्भावना यथावत् नै रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा र कोशी प्रदेशका तराईका भू-भागका एक-दुई स्थानमा मेघ-गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै राती कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेश सहित बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।



प्रतिक्रिया दिनुहोस्