Logo

इम्युन–सिस्टम बलियो बनाउन चाहनुहुन्छ ? काउली खानुहोस फाईदैफाईदा छ



सविता सिंह ठकुरी :

हामीले फरक-फरक समयमा विभिन्न प्रकारका तरकारीहरु खाने गर्छौ । प्रायजसो सबै तरकारीहरुले हाम्रो शरीरलाई धेरै फाइदा दिने गर्दछन् । यसमध्ये फुलगोभी (काउली) पनि एउटा त्यस्तो तरकारी हो जसले हाम्रो शरीरलाई धेरै फाइदा गर्दछ । यसमा भिटामिन सि, के, बि ६, फोलेट र पोटासियम जस्ता गुणहरु पाइनुको साथै एन्टिअक्सिडेन्ट, इन्डोल ३ कार्बिनोल र सल्फाराफेन जस्तो तत्वहरु पाइन्छ ।

आजा/भोलि बाहिरको अस्वस्थ खाना र व्यस्ताताको कारणले शरीरमा विभिन्न प्रकारको समस्या देखिने गर्दछ । जुन व्यक्तिको पाचन प्रणाली सही रुपले हुदैन त्यस्तो बेलामा फुलगोभीको प्रयोग गर्न सकिन्छ । यसले पाचन प्रणालीलाई स्वस्थ राख्नुकोसाथै सुगर बिरामीलाई फाइदा दिन्छ । यसको निरन्तर प्रयोगले हाम्रो शरीरलाई स्वस्थ राख्नुको साथै अनेकौं फाइदा पनि गर्दछ ।

१. फुलगोभीको प्रयोगले शरीरको इम्युन–सिस्टम लाई मजबुत र स्वस्थ राख्न मद्दत गर्दछ । यसलाई डाइटको रुपमा प्रयोग गर्न सकिन्छ ।
२. यसको प्रयोगले हाम्रो शरीरमा हुने संक्रमणलाई रोक्छ र शरीरलाई सुरक्षित बनाउछ ।
३. यसमा एन्टिअक्सिडेन्ट, इन्डोल ३ कार्बिनोल र सल्फाराफेन जस्तो तत्वहरु पाइन्छ ।
४. हामीले आफ्नो तौल घटाउन अनेक उपाय अपनाएका हुन्छौं तर हामीले शरीरको तौल कम गर्नमा फुलगाभीले धेरै मद्दत गर्दछ ।
५. बच्चादेखि बुढासम्म हड्डी दुख्ने समस्या लाई कम गर्छ र शरीरलाई स्वस्थ राख्न मद्दत गर्दछ ।
६. यसमा भिटामिन सि, के, बि-६, फोलेट र पोटासियम जस्ता गुणहरु पाइन्छ ।
७. पाचन प्रणालीलाई स्वस्थ र बलियो बनाउन मद्दत गर्दछ ।
८. सुगर बिरामीहरुले सहजै रुपमा प्रयोग गर्न सकिनेछ ।



प्रतिक्रिया दिनुहोस्