काठमाडौं, असार ३ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८० पैसा र बिक्री दर १३१ रुपैयाँ ४० पैसा पुगेको छ ।
युरो एकको खरिद दर १४३ रुपैयाँ १९ पैसा र बिक्री दर १४३ रुपैयाँ ८४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २९ पैसा र बिक्री दर १६८ रुपैयाँ ०६ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८८ पैसा र बिक्री दर ३६ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।