Logo

अफगानिस्तानमा सुरुङ विस्फोट हुँदा एक जनाको मृत्यु



मैदान शार, ३ असार । अफगानिस्तानको पूर्वी वर्दक प्रान्तमा शनिबार विगतका युद्धबाट बाँकी रहेको खानी विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो एकजना व्यक्ति वर्दक प्रान्तको राजधानी मैदान शार शहरको सडकमा फोहोर जम्मा गर्ने क्रममा फोहोरको बीचमा लुकाइएको विस्फोटक पदार्थ विस्फोट हुँदा सो व्यक्तिको घटनास्थलमै मृत्यु भएको हो ।

अफगानिस्तानको पश्चिमी घोर प्रान्तमा सोमबार यस्तै दुर्घटनामा एक बालकको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्