Logo

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं, असार ४ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार सोमबार बेलायती पाउण्ड एकको खरिद दर १ सय ६७ रुपैयाँ ६७ पैसा र बिक्री दर १ स य६८ रुपैयाँ ४४ पैसा रहेको छ । यस्तै, युरो एकको खरिद दर १ सय ४३ रुपैयाँ ०३ पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ ६९ पैसा रहेको छ ।

त्यस्तै, सोमबार अमेरिकी डलर एकको खरिद दर १ सय ३० रुपैयाँ ८० पैसा र बिक्री दर १ सय ३१ रुपैयाँ ४० पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८७ पैसा र बिक्री दर ३६ रुपैयाँ ०४ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्