Logo

उपेन्द्र यादवलाई पनि प्रधानमन्त्रीको अफर !



काठमाडौं, ४ असार । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव माओवादी केन्द्र, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपासम्मिलित समाजवादी मोर्चा घोषणाको तयारीमा छन् । तर, चार दलका समाजवादी मोर्चा घोषणा हुन लागेको बेलामा अध्यक्ष यादवलाई प्रधानमन्त्रीको अफर आएको चर्चा छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेताहरुले सत्ता गठबन्धन तोडेर आए प्रधानमन्त्री बनाउन सकिने जवाफ अध्यक्ष यादवलाई दिएको जसपाभित्र गाईगुँई चलेको छ । एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जनमतलगायतलाई मिलाएर नयाँ गठबन्धन बनाउन सकिने र पहिलो चरणमा सरकारको नेतृत्व लिन उपेन्द्र यादवलाई प्रस्ताव गरेको चर्चा छ ।

तर, यादव भने एमालेबाट प्रस्ताव आएकोबारे मौन छन् । उनी आज अपरान्ह ४ बजे घोषणा हुने समाजवादी मोर्चाको तयारीमा छन् । यसअघिपनि यादवलाई कांग्रेस–माओवादी नेतृत्वको गठबन्धनमा सामेल हुन आग्रह गरिएको थियो । चुनावमा एमालेसँग गठबन्धन गरेको कारण एमालेले सहकार्यको लागि प्रस्ता गरेको हुनसक्ने जसपाका नेताहरुको भनाई छ ।

मधेश प्रदेशमा सुरुमा समर्थन फिर्ता लिएको एमालेले जसपाका मुख्यमन्त्री सरोज यादवलाई पूनः विश्वासको मत दिएर सहकार्यको सम्भावनालाई जिवितै राखेको छ । उता, कोशी प्रदेशमा पनि एमाले नेतृत्वको सरकारलाई जसपाको साथ चाहिएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएपछि एमाले नेताहरुले आफूहरुले कोशी प्रदेशमा जसपाको साथ लिनको लागि सहकार्य गरेको भनेर प्रतिक्रिया दिएका थिए । कतिपयले भने एमालेले साँच्चै नै जसपाका अध्यक्ष यादवलाई प्रधानमन्त्री बनाएर भएपनि सहकार्य गर्न खोजेको भन्ने गरेका छन् । File Photo/ReportersNepal

कांग्रेस–एमाले सहकार्यको तयारी, प्रधानमन्त्रीमा शेखर कोइरालाको नाम चर्चामा



प्रतिक्रिया दिनुहोस्